Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भेन्टिलेटरमा शिव रेग्मी । अवस्था चिन्ताजनक

फिल्मीखबर, काठमाण्डौ, 2013/11/27

दुवै मृगौलाले काम गर्न छोडेपछि विगत ६ महिनादेखि नियमित डाक्टरी जाँचमा रहेका निर्देशक शिव रेग्मीलाई गृह जिल्लास्थित चितवन अस्तालको भेन्टिलेटरमा राखिएको छ । निर्देशक रेग्मीलाई स्वास प्रश्वासमा निकै समस्या देखिएपछि दुई सातादेखि भेन्टिलेटरमा राखिएको फिल्मीखबरलाई जानकारी प्राप्त भएको छ ।

 

निर्देशक रेग्मीको अवस्था चिन्ताजनक देखिएपछि पारिवारका सदस्य मिडियाको सम्पर्कमा आउन चाहेका छैनन् । निर्माता तथा कलाकार केशव भट्टराईका अनुसार निर्देशक रेग्मीको अवस्थालाई लिएर यसै भन्न सकिदैन । निर्देशक रेग्मी निकट मानिने केशवका अनुसार डाक्टरले शिव रेग्मी खतराको अवस्थामा रहेको बताएको छ ।

 

निर्देशक रेग्मीलाई यही मंसिरको पहिलो साता दिल्ली अस्पतालले नियमित उपचारको लागी बोलाए पनि अवस्था चिन्ताजनक भएपछि दिल्ली नलगिएको केशव बताउँछन् । भन्छन्- 'थप उपचारको लागी काठमाडौंसम्म पनि ल्याउन सक्ने स्थिति छैन ।' निर्देशक रेग्मीको अवस्था नाजुक भएपछि बंगलादेशमा अध्ययन गर्न गएका छोरा र मुम्बइबाट छोरी गृह जिल्ला चितवन आइपुगेका छन् ।

 

एक छोरा र धर्म छोरी सहित निर्देशक रेग्मीका चार सन्तान छन् । निर्देशक रेग्मीको उपचारको लागी संघसंस्था एवम् केही व्यक्तिले रकम उपलब्ध गराएका थिए । दर्जन भन्दा बढी सुपरहिट फिल्म निर्देशन गरेका निर्देशक शिव रेग्मीको स्वास्थ्यमा सुधार आओस्, फिल्मीखबर परिवार कामना गर्दछ !