Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

डन मनाङ्गेका छोरा फिल्ममा (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/11/26

डन भनेर चिनिने दिपक मनाङ्गेका छोरा सिद्धार्थ गुरूङ फिल्म 'वान वे' मार्फत नेपाली रजतपटमा प्रवेश गरेका छन् । निर्देशक सुरज सुब्बा नाल्बो र निर्माता राजकुमार राईले सिद्धार्थलाई 'वान वे'मा अभिनय गर्ने अवसर दिएका हुन् । 'वान वे' हाल पोष्ट प्रोडक्सनमा छ ।


'वान वे'मा सिद्धार्थले अभिनेत्री करिश्मा मानन्धर र रक स्टार रविन तामाङको छोरा भएर अभिनय गरेका छन् । फिल्ममा सिद्धार्थ रिसाहा स्वभावमा देखिनेछन् । 'वान वे' राजधानीमा चल्ने रात्रीकालिन गुन्डा गर्दीको कथा बोकेको फिल्म हो । बुझ्नमा आए अनुसार डन मनाङ्गे आफ्ना छोरालाई आफ्नो लाइनबाट टाढा राख्न चाहन्छन् । छोरालाई गुन्डागर्दीको लाइनबाट टाढा राख्न दिपकले फिल्म लाइन नै उत्तम ठानेको बताइन्छ ।


प्रदर्शन मिति तय भैनसकेको फिल्मको विश्वव्यापी वितरणको जिम्मा दर्शना आर्टस्ले लिएको छ । झन्डै एक दर्जन हिन्दी फिल्म वितरण गरिसकेको दर्शनाले वितरण गर्ने 'वान वे' पहिलो नेपाली फिल्म हो ।