Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीतमा लन्डन शहर चिनाउँदै `निर्दोश` हिरो

फिल्मीखबर, काठमाण्डौ, 2013/11/25

फिल्म प्रदर्शन गर्न नसकेपनि `निर्दोश` नामक फिल्मको गीत भने रिलिज गरिएको छ । झन्डै २ वर्ष अघि लण्डनमा छायाँकन गरिएको फिल्म `निर्दोश`को 'यो शहर लण्डन...' बोलको गीत सार्वजनिक गरिएको छ ।

 

 

`निर्दोश`का हिरो ध्रुब दत्त गीतमा निकै रोमान्टिक देखिन्छन् । उनको गीतले लण्डन घुम्न मन लागेको इच्छा व्यक्त गर्दछ । यस गीतमा राजेश पायल राईको स्वर छ । एल.बि. सुब्बाको निर्माण तथा निर्देशन रहेको यस फिल्ममा अभिनेता दत्तको साथमा सविन श्रेष्ठ, निता पुन, बिपिन सुब्बा लगायतको अभिनय छ ।

 

माया प्रेमका साथमा एचआईभी एड्ससम्वन्धी कथाबस्तुमा आधारित यस फिल्मलाई पारस रानाले खिचेका हुन् । भर्खरै रिलिज गरिएको 'निर्दोश'को गीतको भिडियो हेर्नुस् ।