Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्को मिठो मुस्कान ? (फोटो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/11/25

हाँसोले मानिसका जुनसुकौ पिडालाई पनि भुलाउने बताईन्छ । व्यक्ति पिच्छे हाँसो फरक फरक हुने गर्दछ । सोमबार राजधानीमा आयोजना गरिएको फिल्म 'छ एकान छ'को प्रेसमिटमा फिल्मीखबरको क्यामेराले बिरलै मुस्कुराउने कलाकार देखि ३२ दाँत देखाएर हाँस्ने कलाकारको हाँसोलाई कैद गरेको छ ।

 

कलाकार निर्मल शर्माको हाँसो हेर्न जस्तो तस्तो जोकले पनि भेट्दैन । 'गैंडा' उपनाम पाएका शर्माको मुस्कानलाई पनि फिल्मीखबरको क्यामेराले कैद गर्‍यो । आधा दर्जन फ्लप फिल्मका निर्माता शर्मा 'छ एकान छ'को प्रेममिटमा मुस्कुराउँदा लाग्थ्यो त्यो माहोलमा केहि भईरहेको छ ।

 

अर्का कलाकार दीपकराज गिरी सोही माहोलमा भित्री गिंजा नै देखिने गरेर हाँसे । दीपकलाई च्यालेन्ज गर्दै अभिनेत्रीद्धय दीपाश्री निरौला र निता ढुंगानाको हाँसो पनि अन्य हेर्न लायक नै थियो । निर्देशक दिनेश दिनेश डिसी, कलाकार शिवहरी पौडेल र सन्दीप क्षेत्री पनि मज्जैले मुस्कुराए ।

 

कार्यक्रममा सहभागी निर्देशक तथा कलाकारको मुस्कान कस्तो छ ? तस्बिर हेरेर छुट्याउने जिम्मा तपाईंको ।