यदि तपाईं फिल्मकी हिरोइन बन्ने तयारीमा हुनुहुन्छ भने पहिला आफ्नो स्वर परिक्षण गर्नुहोला । निर्माण युनिटले तपाईंको स्वरलाई चित्त बुझाएन भने हिरोइन बन्नुको सार्थकता नरहला ।

कर्कश आवाजले फिल्म खेल्न पाउने चान्स त न्यून छ नै झुक्किएर फिल्ममा अभिनय गर्ने अवसर पाइहाल्नु भयो भने पनि तपाईंको आवाज फिल्ममा डविङ गरिने छैन । कर्कश स्वरकै कारण फिल्म 'राहदानी'की मुख्य हिरोइन विनिता घिमिरेको स्वर रेकर्ड गराउनबाट बञ्चित गराइएको छ । फिल्ममा विनिताको सट्टामा अर्कै युवतीको स्वर डविङ गराइएको छ ।
सहमतीमै स्वर रेकर्ड नगराइएपनि विनिताले नानाथरी कुरा गर्दै हिंडेपछि निर्माण युनिट खुसी छैन । चैत २७ गते अल नेपाल प्रदर्शनमा आउने सञ्चारकर्मी डब्बु क्षेत्री निर्देशित फिल्ममा हिरोइनको स्वर कट भएपछि अहिले फिल्मी बजारमा गफ गर्ने विषय बनेको छ । यो फिल्मलाई लक्ष्मीप्रसाद ढकालले निर्माण गरेका हुन् ।

