Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

लोकसंगीत महोत्सवमा राहदानीको मारूनी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/24

शुक्रबारबाट काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा जारी ‘तेस्रो अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव’ आईतबार सकिएको छ । महोत्सवमा नेपाल सहित विभिन्न देशका लोकसंगीत समेटिएका ३२ फिल्म, बृत्तचित्र एवं गीतिदृष्य (म्युजिक भिडियो) प्रदर्शन गरिको थियो ।

 

 
सो महोत्सवका लागि सञ्चारकर्मी डब्बु क्षेत्री निर्देशित फिल्म 'राहदानी'को मारूनी गीत पनि चयन भएको थियो । महोत्सवको तेस्रो दिन आईतबारको दोस्रो शोमा मारूनी गीत प्रदर्शन गरियो । नेपाली फिल्ममा मौलिक लोकसंगीत एवं नृत्यले स्थान पाउन छाडेको बेला 'राहदानी'मा पूर्वेली मौलिक लोक नृत्य एवं भाका समेटिएको निर्देशक क्षेत्रीले जानकारी गराए । सोही कारण यो गीतलाई महोत्सवमा चयनसँगै प्रदर्शन गरिएको हो ।

 


लक्ष्मीप्रसाद ढकालको प्रस्तुति रहेको फिल्म 'राहदानी'को डा. गोबिन्द कुसुमले लेखेको 'साउनको ठुलो झरी...' बोलको यो मारूनीमा बसन्त सापकोटाको सँगीत छ । निशा देशारको स्वरमा रहेको यो मारूनीको नृत्य निर्देशन राजु शाहले गरेका थिए । जसमा राहदानीका प्रमुख कलाकारले नृत्य गरेका छन् । फिल्म राहदानीको रिलिज आउँदो २८ चैतमा गरिने निर्माण पक्षको कथन छ ।