फिल्म क्षेत्रका चल्तापुर्ता आर्यन सिग्देल, सौगात मल्ल र दयाहाङ राई अभिनित फिल्म मंसिर महिनामा प्रदर्शन हुँदैछन् । आर्यन र दयाहाङ अभिनित 'लोफर' (मंसिर २१) र सौगात मल्ल सुपरहिरो बनेको फिल्म 'सौर्य' (मंसिर २८)लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।

फिल्मै नचलेपनि आर्यन सिग्देल निर्माता निर्देशक बिच बिकाउ अभिनेताको रुपमा चिनिन्छन् । अन्य ब्यानरका फल्प आर्यन सिग्देल छवि ब्यानरका फिल्ममा भने सफल छन् । डेव्यु फिल्म किस्मत, हिफाजत र कस्ले चोर्यो मेरो मन आर्यनका सफल फिल्म हुन् । यी फिल्ममा आर्यनको अपोजिटमा अभिनेत्री रेखा थापा थिइन् । छवि व्यानरमा लक्की देखिएका आर्यन अभिनित 'लोफर' पनि सफल हुने अपेक्षा गरिएको छ । लोफर सफलताको असर सुवास गिरीसँगको सहकार्यमा आर्यनले निर्माण गर्दै गरेको फिल्म 'नोभेम्वर रेन'लाई पर्नेछ ।
फिचर फिल्म 'दासढुङ्गा'बाट रजतपटमा डेव्यु गरेका दयाह्याङ राई लुटको गोफ्ले क्यारेक्टरबाट भने दर्शकको मन मस्तिस्कमा बस्न सफल भए । यसअघिका फिल्ममा सहायक भूमिकामा देखिएका दयाह्याङ 'लोफर' फिल्मका भने मुख्य कलाकार हुन् । यसअघि मल्टीप्लेक्स स्टेशनका कलाकार भनेर चिनिने दयाह्याङ छवि व्यानरको 'लोफर'बाट भने सिङ्गल स्टेशनमा पनि प्रवेश गर्दैछन् । लोफरका मुख्य कलाकार सिङ्गल स्क्रिनमा बिक्लान् ?
.jpg)
त्यस्तै अभिनेता सौगात मल्ल 'लुट' फिल्मको हाकु काले रोलबाट एकाएक चर्चामा आए । सौगात निर्माता निर्देशकको पहिलो रोजाइमा पनि भए । हाकु काले सौगात मल्ल सौर्य फिल्ममा सुपरहिरोको रोलमा प्रस्तुत हुँदैछन् । अभिनेता राजेश हमालको समेत अभिनय रहेको फिल्मलाई 'लुट' अगावै छायाँकन गरिएको हो । पोष्ट प्रोडक्सनमै रोकिएको 'सौर्य'ले पाउने प्रतिक्रिया र व्यापारले सौगातको फिल्मी करिअरलाई असर गर्ने धेरैको विश्वास छ । 'लुट' पछि सौगातका कुनै पनि फिल्म व्यावसायिक रुपमा सफल भएका छैनन् । प्रतिक्षा गरौं, 'सौर्य'ले सौगातलाई राहत दिनेछ ।

