Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

बाबु बोगटीको जन्मदिन | `वितेका पल`मा यसरी झुल्किए बाबु

फिल्मीखबर, काठमाण्डौ, 2013/11/24

अभिनेता बाबु बोगटीको आज (आईतवार) ३२ औं जन्मदिन हो । उनको जन्मदिनमा फिल्म 'वितेका पल' युनिटले नयाँ प्रोमो सार्वजनिक गरेको छ जहाँ बाबुलाई झुलुक्क प्रस्तुत गरिएको छ ।

 

यसअघि अभिनेत्री केकी अधिकारीलाई हाईलाईट गरेर यस फिल्मको प्रोमो सार्वजनिक गरिएको थियो । यसपटक पनि प्रोमोमा केकीलाई नै केन्द्रमा राखिएको छ ।  राजेश घतानीको निर्माणमा सुरज सुब्बाले निर्देशन गरेको यस फिल्ममा केकी र बाबुको साथमा अबिनाश गुरूङको पनि मुख्य अभिनय छ । यो फिल्म यहि पौष २६ गते रिलिज हुँदैछ ।

 

३० औं जन्मदिन सेलिब्रेट गर्दा बाबुले फिल्मीखबर समक्ष भनेका थिए- 'विहेका लागि त योग्य भैसके तर आफूले सोचेको पोईन्टमा अलि पुगिसकेको छैन त्यसैलै दुई बर्ष पछी मात्र बिहे गर्छु  ।' बाबुले आफ्नो भनाईलाई परिवर्तन गरेनन् । उनले केहि महिना अगाडी फुलु मिजारसँग सुटुक्क बिहे गरे ।

 

'वितेका पल', मेरो भ्यालेन्टाईन', 'प्रोड्यूसर' र 'देश खोज्दै जाँदा' फिल्म रिलिजको पर्खाईमा रहेका बाबुलाई जन्मदिन सहित संगीत तथा फिल्म करियरका लागि पनि सफलताको शुभकामना !

 

 

बाबुसँगै आजै अभिनेत्री रागिनी खड्गीको पनि जन्मदिन हो । द्धन्दनिर्देशक राजेन्द्र खड्गीको छोरी रागिनी अहिले फिल्म क्षेत्रमा संघर्षरत छिन् । रागिनीलाई पनि जन्मदिनको शुभकामना !