Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`प्रोड्यूसर` ट्रेलर : माघको जाडोमा तताउला ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/24

नेपाली फिल्म क्षेत्रमा निर्माताहरूको दुर्दशालाई मुख्य आधार मानेर निर्माण गरिएको फिल्म 'प्रोड्यूसर'को हल प्रोमो सार्वजनिक भएको छ । फिल्मका अभिनेता बाबु बोगटीको आज परेको जन्मदिनमा फिल्मको प्रोमो सार्वजनिक गरिएको हो ।
 

देशका बिभिन्न स्थानमा च्यरिटी गरिए पश्चात फिल्म 'प्रोड्यूसर' बिदेशमा रिलिज गरिंदै छ । मुख्यत: चार जना युवाहरू (निर्देशक, निर्माता, नायक र प्रोडक्सन म्यानेजर)ले फिल्ममा गर्नुपरेको संघर्षलाई मुख्य कथानक बनाईएको यस फिल्मलाई डिसेम्बर महिनाको दोस्रो साता दुबईमा रिलिज गरिंदै छ । नेपालमा भने यो फिल्म माघ १७ गते सार्वजनिक प्रदर्शनमा आउने छ ।

 

यस बर्षको माघको चिसोमा दर्शकलाई 'प्रोड्यूसर' फिल्मले पेट मिचिमिची हँसाउने दाबी निर्देशक जनकदीप पराजुलीको छ । निर्देशक बनेका पराजुलीले नेपाली फिल्म निर्माणमा आउने उतारचढावलाई व्यङ्गात्मक रूपले प्रस्तुत गरेको बताए । आरसी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा तयार भएको यो फिल्ममा बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राई र नवप्रस्तुतीको रूपमा पायल रायमाझीले अभिनय गरेका छन् ।

 

फिल्मका प्रस्तुतकर्ता ज्योतीराज राई हुन् । फिल्ममा सागर प्रधानको छायांकन, किरण माइकलको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत तथा प्रज्वललित पराजुलीको सम्पादन रहेको छ । निर्देशकले भनेझैं दर्शकसँगै निर्माताको खल्ती पनि तात्छ या तात्दैन ? प्रतिक्षा गरौं ।