फरक तीन स्थानबाट आएका तीन फरक युवाहरूको प्रेमकथालाई बोकेको फिल्म 'अनमोल क्षण - अ क्रिशमस इन सेप्टेम्बर'को अडियो सार्वजनिक गरिएको छ । भारतको सिक्किममा एक समारोहका विच फिल्मको अडियो सार्वजनिक गरिएको हो ।


फिल्म 'अनमोल क्षण - अ क्रिशमस इन सेप्टेम्बर'लाई अनमोल गुरूङले निर्देशन गरेका हुन् । स्नेहा राई, शलोम काबु, अनुरूप राई, तिमोथी राई, निता प्रधान, सन्ध्या सुन्दास, सुरज क्षेत्री, अबिगेल रसाईली, स्मृति राई लगायतले अभिनय गरेको यस फिल्मका निर्माता किशोर दुङ्माली राई हुन् ।
भारतिय मुलका नेपाली भाषीहरूकै बाहुल्यता रहेको यो फिल्ममा निर्देशक गुरूङकै लेखन तथा संगीत रहेको छ । फिल्मको छायाँकन तथा सम्पादन पुनु लक्जोमले गरेका छन् । सिक्किम, कलिङपोङ र कलकत्तामा फिल्मको सुटिङ गरिएको हो ।

