थकाली संस्कृतीमा आधारित रहेर निर्माण गरिएको फिल्म 'कबड्डी'को पोस्टर सामाजिक संजालमा छरिएका छन् । लुट निर्देशक निश्चल बस्नेत र दयाहाङ राईलाई सार्वजनिक भएका पोस्टरमा हाईलाईट गरिएको छ ।

मुस्ताङका नौरीकोट, घाँसा लगायतका सुन्दर लोकेशनमा छायाँकन गरिएको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । नेपाली नयाँ बर्षमा रिलिज गर्ने योजना बनाईएको यस फिल्ममा निश्चल र दायाहाङको साथमा रिश्मा गुरुङ, कमलमणी नेपाल, राजन खतिवडा, अरूणा कार्की, शिशिर वाङ्देल, बिजय बराल, पशुपती राई लगायतको अभिनय रहेको छ ।

ब्ल्याक हर्ष पिक्चर्सले निर्माण गरेको यस फिल्ममा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । निलिमा शर्माको फेसन स्टाइल एवम कुमार महर्जनको फाइट डिरेक्सन रहेको फिल्मको लगानी रू ५० लाख बताईएको छ ।









