Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

राजेश हमालले खेले नाटक

फिल्मीखबर, काठमाण्डौ, 2013/11/23

अनुप बराल निर्देशित नाटक 'कोर्ट मार्सल' शुक्रबारबाट राजधानीमा मञ्चन गरिएको छ । उक्त नाटकमा अभिनेता राजेश हमाल मुख्य भुमिकामा छन् ।

 

 

राजधानीको थिएटर भिलेजमा मञ्चन गरिएको उक्त नाटकमा राजेशलाई पहिलो पटक थिएटरको मैदानमा देख्दा अतिथी तथा सञ्चारकर्मी खुसी देखिन्थे । नाटक मञ्चन पश्चात हमालले निकै राम्रो अनुभव पाएको बताए । 'फिल्म र नाटक विचको भिन्नता थाहा पाएँ,' हमालले भने- 'मेरो जीवनको एउटा रमाईलो र खुसीको क्षण बन्यो नाटकको स्टेज ।'

 

भारतीय लेखक स्वदेश दिपकको 'कोर्ट मार्सल' नाटकको नेपाली रुपान्तरणमा राजेश हमाललाई नाटकमा सैनिक न्यायधिशको भूमिकामा देख्न सकिन्छ । नाटक सेनाको संगठनभित्र हुने जातीय विभेद तथा ठूलो र सानो पदबीच हुने द्वन्दमा आधारित छ । नाटकमा दयाहाङ राई, बीएस राणा, दिया मास्के, कर्मा, सुवास थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।