Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गसिप | नयाँ हिरोसँग पूजनाको `इलु इलु` !

फिल्मीखबर, काठमाण्डौ, 2013/11/22

रजतपटमा लभ, रोमान्स र धोकाका प्रसंग चलिरहन्छन् । यहाँ कोसँग कुन बेला आँखा जुध्छ र कुन जोडीको व्रेकअप हुन्छ ? पत्तै हुँदैन । यस्तै पत्तै नपाइ एक अर्काको प्रेममा फसेका छन्, अभिनेत्री पूजना स्त्री र मोडल तथा अभिनेता शिवम पोखरेल ।

 

 

यो जोडी बिच इलुइलु चलेको छ भन्ने कुरा सामाजिक सञ्जाल फेसबुकमा छरपस्ट तस्बिर र स्टाटसले स्पष्ट पार्दछ । अभिनेत्री स्त्रीलाई अंगालोमा बाँधी 'म र मेरो जीन्दगी' भन्दै 'मेरो जीवन साथी' हिरोले फेसबुकमा फोटो र स्टाटस सेयर गरेका छन् । जहाँ शिवमका एक साथीले कमेन्ट वक्समा लेखेका छन्, 'बधाई छ ! जोडी सुहाएको छ ।' शिवमले पनि आएका कमेन्टको जवाफमा 'धन्यवाद' दिएका छन् ।

 

 

शिवमले नै आफ्नो फेसबुकबाट प्रेमिका पूजना, अर्की एक महिला साथी र आफ्नो फोटो सेयर गर्दै 'मिस यु' भनी लेखेका छन् । सुनिए अनुसार 'चकलेट' फिल्म निर्माण गर्ने तयारीमा रहेकी पूजना र शिवमबिच एक साँस्कृतिक कार्यक्रमको लागी मुम्बइ जाँदा माया बसेको हो । बसेको मायालाई सामाजिक संजालमा शिवमले खुलस्त पारिदिए । फेसबुकमा फोटो सेयर गर्दै 'मेरो जीन्दगी' भन्ने शिवमले पूजनालाई भित्र्याउलान् ? यो उनीहरु नै जानुन् ।