ओस्कार अवार्डका लागि नेपालको प्रतिनिधित्व गरेको फिल्म 'सुनगाभा'का निर्देशक सुवर्ण थापालाई मात्रृशोक परेको छ । थापाकी ममतामयी आमा धनकुमारीा थापाको ८१ बर्षको उमेरमा बिहिबार निधन भएको हो ।
केही बर्षदेखि फोक्सोको ट्यूमर रोगबाट पिडीत बन्दै आएकी धनमायाको काठमाण्डौको हर्षपिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । धनमायाको बिहिबार नै क्रिश्चियन धार्मिक परम्परा अनुसार हेटौंडामा काजक्रिया सम्पन्न भएको छ ।
फ्रान्सेली नागरिक बनेका निर्देशक थापा केहि सातादेखि नेपालमा थिए । उनले आफ्नो फिल्म 'सुनगाभा'लाई नेपालमा पुन: रिलिज गर्ने बताएका छन् ।

