Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`लोफर` निर्माता र `अन्तराल` हिरोइनले मनाउँदैछन् जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2013/11/22

सफल निर्माता छवि ओझा र फिल्म क्षेत्रमा सफल अभिनेत्री बन्ने लक्ष्य बोकेकी अशिष्मा नकर्मीको आज (मंसिर ७ गते) जन्मदिन परेको छ । निर्माता ओझा र अभिनेत्री नकर्मीलाई फिल्मीखबर परिवार जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।

 

४८ वर्षमा टेकेका निर्माता ओझाले जन्मदिनको कुनै खास कार्यक्रम नरहेको बताए । मंसिर २१ गते 'लोफर' रिलिजको तयारीमा जुटेका निर्माताले भने- 'फिल्मको प्रचार र हल व्यवस्थापनमा व्यस्त छु । त्यसैले जन्मदिनको कुनै कार्यक्रम छैन ।'

 

यसअघि रजतपटलाई सफल फिल्म दिएका निर्माता ओझाको लोफरलाई पनि केही गर्ने फिल्मको रुपमा हेरिदै छ । तर, चुनावको मत गणनापछिको राजनीतिक अवस्थाले लोफरलाई असर गर्ने संकेत देखिएको छ । राजनीतिक अवस्था जे होस्, निर्माता ओझलाई जन्मदिन र ओझा निर्मित लोफरलाई जन्मदिनको शुभकामना ।

 

मंसिर ७ को जन्ममितिलाई अन्तराल डेव्यु अभिनेत्री अशिष्मा नकर्मीले तिथि अनुसार मनाउने गरेको बताइन् । मंसिर ८ को जन्म तिथिलाई कुनै तडकभडक नगर्ने अशिष्मा बताउँछिन् । काठमाडौं अनामनगर स्थायी घर भएकी अशिष्माले आफ्नो जन्म वर्ष भने खुलाइनन् । अभिनेता राजवल्लव कोइरालाको 'राघव' फिल्मकी हिरोइन् भन्छिन्- 'सम्भव भएसम्म मातातिर्थको वृद्धाश्रममा गएर जन्मदिन मनाउँछु । अरु कुनै कार्यक्रम राखेकी छैन ।'

 

प्रदर्शनको क्रममा रहेका 'तोरी लाहुरे' र 'सिक्स फिट लाईफ' सहित भर्खरै सुटिङ सकाएकी 'बुद्ध बर्न इन नेपाल' की हिरोईन  अशिष्मा फिल्मको वर्तमान अवस्थालाई लिएर चिन्तित पनि छिन् । भन्छिन्- 'फिल्म बजारको हालत हेर्दा यसमा राम्रो भविष्य छ जस्तो लाग्दैन ।' राम्रो अभिनयसँगै आकर्षक नृत्य गर्न सक्ने क्षमता भएकी अशिष्माको फिल्मी करिअर उज्जवल होस्, शुभकामना !