एमाले नेता माधव कुमार नेपालको विजयी जुलुसमा अभिनेता भुवन केसी पनि सरिक भएका छन् । नेपालको विजयीमा एमाले कार्यकर्ताको साथमा अभिनेता केसी माधवकुमार नेपालकै नजिक बसेका थिए ।

फाईल तस्विर : ईकान्तिपुर
काठमाडौं क्षेत्र नं २ रौतहट क्षेत्र नम्वर १ का उम्मेरदवार तथा पूर्व प्रधानमन्त्री नेपालको विजयीमा एमालेका कार्यकताले भुवनलाई पनि अविर र खादा ओढाएका थिए । भुवन एमाले नेता माधव कुमार नेपालका निकट मानिन्छन् । उनकै पहलमा अभिनेता केसीलाई दोस्रो संविधान सभाको प्रत्यक्ष तर्फको टिकट उपलब्ध गराइएको थियो । तर, कार्यकर्ताको विरोध पछि भुवन पार्टीलाई टिकट फिर्ता दिन बाध्य भएका थिए ।
एमालले उनलाई समानुपातिक तर्फ तानेको छ । राप्रपा नेपालबाट काठमाडौं क्षेत्र नम्वर ४ बाट प्रत्यक्ष निर्वाचन लडेका निर्माता उद्धव पौड्याल पराजय भएका छन् । उनको क्षेत्रबाट नेपाली काङ्ग्रेसको गगन थापा विजयी भएका छन् ।

