'नाइ नभन्नु ल' फिल्मका निर्माता रमेशजंग रायमाझीले संविधानसभाको दोस्रो चुनावमा हार बेहोरेका छन् । मोरङ क्षेत्र नम्बर ८ मा काँग्रेसबाट प्रत्यक्षमा भिडेका रायमाझीलाई एमालेका चन्द्र बहादुर गुरुङले हराएका हुन् ।

एमालेका चन्द्र बहादुर गुरुङ १५६८६ मत ल्याएर विजयी भएका हुन् । 'मलाई मन पर्यो' र प्रदर्शनको क्रममा रहेको फिल्म 'सन्त्राश'का निर्माता समेत रहेका रायमाझीले १३००९ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमाओवादीको गोपी अछामीले ५२६९ मत ल्याएका छन्।
.jpg)
यस्तै फिल्मकर्मी उद्धब पौडेल (राप्रपा नेपाल)को काठमाण्डौ क्षेत्र नं ४ बाट हार्ने निश्चित भईसकेको छ । हारसँगै पौडेलको संविधानसभाको भवन भित्र पुग्ने सपना तुहिएको छ । पौडेल चावहिलमा रहेको गोपीकृष्ण मुभिजका संस्थापक हुन् ।

