Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हल सञ्चालक रामवीर मानन्धर एमालेबाट विजयी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/21

दोस्रो संविधान सभाको निर्वाचनमा फिल्म क्षेत्रका रामवीर मानन्धर विजयी भएका छन् । नेकपा एमालेका उम्मेरदवार मानन्धरले काठमाडौं क्षेत्र नम्वर ७ मा अन्य पार्टीका उम्मेरदवारलाई पाखा लगाउँदै संविधान सभा भवनमा आफ्नो उपस्थिति सुनिश्चित गरेका हुन् ।

 

बालाजुमा नेपाली तथा हिन्दी फिल्म प्रदर्शन गर्ने गरी अष्ट नारायण हल सञ्चालन गर्दै आएका मानान्धरले कुल १३२८९ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धामा नेपाली काङ्ग्रेसबाट प्रमिलादेवी डंगोल र एमाओवादीबाट हिसिला यमी थिइन् । अहिलेसम्मको नतिजा अनुसार नेपाली फिल्मकर्मीको प्रतिनिधित्व गरेर संविधानसभा भवनमा पुग्न सफल पहिलो फिल्मकर्मी बनेका छन्, मानन्धर ।

 

जित पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै मानन्धरले भनेका छन्- 'मेरो नैतिकतालार्इ भोट दिएका हुन्, जनताले । भ्रष्टाचारीलार्इ पराजित गरेका हुन् ।' नेपाल चलचित्र संघका सदस्य समेत रहेका रामवीर मानान्धर झन्डै दश वर्ष काठमाण्डौ वडा नं १६ का समेत अध्यक्ष बने । चलचित्र संघमा उपत्यका सभापतिको पद सम्हालेका मानन्धर अहिले उक्त संघका सल्लाहकार हुन् ।

 

दोस्रो संविधान सभाका विजयी उम्मेरदवार मानन्धरका भतिजा शोहित मानान्धर नेपाली रजतपटमा भविष्य चम्काउने प्रयासमा छन् । विकास आचार्य निर्देशित 'रिदम' फिल्मबाट नेपाली रजतपटमा नायकको रुपमा डेव्यु गरेका शोहित हाल दुई वटा फिल्मको सुटिङ्मा व्यस्त छन् । विकास आचार्यकै 'नाइ नभन्नु २' मा अतिथि भुमिकामा भर्खरै अभिनय गरेका शोहितले सानो बुवाको विजयीमा आफु अत्यन्त खुसी रहेको फिल्मीखबरलाई बताए ।