कुनै बेला यस्तो थियो, जतिबेला अभिनेत्री झरना थापा अभिनित दुई भन्दा बढी फिल्म एकसाथ प्रदर्शन हुन्थे । निर्माता, निर्देशकबिच अभिनेत्री थापा पहिलो रोजाइमा पर्न आउँथिन् । तर, पछिल्लो पटक प्रदर्शनमा आएको होम प्रोडक्सनको फिल्म 'फेसबुक'को अफसलता र ढल्कदो उमेरले झरना अहिले फिल्ममा त्यती सक्रिय छैनन् ।
एक छोरीकी आमा समेत रहकी झरनाले एकाध फिल्ममा मात्रै अभिनय गरेकी छिन् । एक समय दर्शकमाझ राम्रै प्रभाव छोड्न सफल झरना थापा 'कोही त छ' भन्दै दर्शकमाझ आउँदैछिन् । राष्ट्रिय समस्यलाई मुख्य विषय बनाएको झरना अभिनित 'कोही त छ' यही मंसिर १४ गते प्रदर्शन हुँदैछ । झरना अभिनित 'कोही त छ'सँगै निता ढुङ्गानाको मुख्य अभिनय रहेको 'उर्वशी' फिल्म पनि सोही मितिमा प्रदर्शन हुँदैछ ।
झरना थापासँगै 'कोही त छ'मा राजवल्लभ कोइराला, मुकेश आचार्य, तृप्ती नाडकर, सुशिल पोखरेल लगायत कलाकारको मुख्य अभिनय छ । फिल्मलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । फिल्म करिब ३ वर्ष अघि निर्माण भएको हो ।

