Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रचण्डको हारमा फिल्मकर्मीको स्टाटस

फिल्मीखबर, काठमाण्डौ, 2013/11/21

चुनाव प्रचार प्रसार अभियानमा कलाकारको साथ पाएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र नम्वर १० मा हार बेहोरेका छन् । नेपाली काङ्ग्रेसका राजन केसीले अध्यक्ष दाहाललाई भारी मतले दोस्रो संविधान सभाको निर्वाचनमा हराएका हुन् ।

 

दोस्रो संविधान सभाको निर्वाचनलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा फिल्मकर्मी निकै नै सक्रिय देखिएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्वर १० मा चुनाव हारेको विषयमा फिल्मकर्मीले विभिन्न अभिव्यत्ती पोष्ट गरेका छन् ।

 

पूर्व मिस नेपाल एवं अभिनेत्री माल्भिका सुब्बा आफ्नो फेसबुक वालमा लेख्छिन्- 'लास्ट टाइमको इलेक्सनमा माओवादीले धेरै सिट जित्दा सार्‍है चित्त दुखेको थियो, तैपनि केही गर्ला कि भन्ने आश, भएन केही । अबको पाली सबैले पुरानै पार्टीलाई धेरैले रोजे । माओवादीको चित्त देखेको जस्तो छ । उहाँहरु साँच्चै नेपाल बनाउन चाहानु हुन्छ भने जे छ त्यस्मा खुसी हुनुपर्छ ।'

 

त्यस्तै निर्वाचन अघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका अभिनेता मुकेश ढकाल फेसबुकमा लेख्छन्- 'काठमाडौं क्षेत्र नम्वर १० मा काङ्ग्रेसले भारी मत अन्तरले प्रचण्डलाई हराएको छ ।' अभिनेत्री केकी अधिकारीको फेसबुक स्टाटस छ- 'जनताको निर्णय नै स्विकार्न नसक्नेले जनताको भलो कहिले सोच्न सक्दैन । जस्ले काम गर्दैन, त्यस्को यो हाल हुने त सुनिश्चित नै थियो नि ! जय जनता । जय नेपाल । जस्तो कर्म उस्तै फल ।'

 

प्रत्यक्ष तर्फको मत नेपाली काङ्ग्रेसका गगन थापालाई दिएकी अभिनेत्री प्रियंका कार्कीको स्टाटस छ- 'गगन थापाले सरकारको लिड गर्नेमा म सहमत छु । उनको नेतृत्वमा पक्कै पनि देश माथि ठउ्नेछ र भविष्य सुन्दर हुनेछ ।' निर्देशक श्याम भट्टराई फेसबुकमा लेख्छन्- 'संबिधान सभा २०७० को मत परिणामले दुःखी बनाएको छ ।'