बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको दोस्रो संविधान सभाको निर्वाचनमा भोट खसाल्ने योजना अधुरै रह्यो । ललितपुर सुनाकोठी निवासबाट भोट खसाल्न डिल्लीबजार निर्वाचन वुथमा जाने मदकृष्णको योजना पत्नी यशोदा श्रेष्ठलाई उपचारको लागी दिल्ली लैजानु परेसँगै असफल भयो ।
मदनकृष्ण पत्नीको उपचार गरेर मंसिर चार गते भोट हाल्न नेपाल फर्कने योजनामा थिए । कान्तिपुर दैनिकमा उल्लेख भए अनुसार पत्नीको अप्रेसन गर्नु् परेपछि मदनकृष्णको भोट खसाल्न नेपाल आउने योजना सफल हुन सकेन । यद्पी उनले संविधान साभाको निर्वाचन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
क्यान्सर पिडित पत्नीलाई अप्रेसन पश्चात आइसियुमा राखेको जानकारी दिदैं मदनकृष्णले भनेका छन्- 'मुलुकको अवस्था राम्रो होस् ।' मदनकृष्णसँगै अभिनेत्री रेखा थापाले मतदाता नामावलीमा नाम नलेखाएको कारण दोस्रो संविधान सभाको निर्वाचनमा मत खसाल्न पाइनन् ।

