अहिले फिल्म क्षेत्रमा चर्चा 'लोफर' फिल्मकै छ । 'काली' फिल्म पछि कुनै पनि फिल्मले उत्साहको व्यापार नगरेको अवस्थामा 'लोफर'माथि सबैको नजर परेको छ । 'लोफर' सफल होला त ? मंसिर २१ गतेसम्म कुर्नै पर्छ ।
यहि चर्चामा रहेको फिल्म 'लोफर'को नयाँ गीत सामाजिक संजालमा फैलिएको छ । सोनालकृष्ण सापकोटाको संगीतमा राजेश पायल राईले स्वर दिएको 'मलाई किन जुनेली' बोलको गीतमा नव अभिनेत्री रजनी केसीसँग शुशिलराज पाण्डेले कम्मर मर्काउने प्रयास गरेका छन् । प्रस्तुत गीतको करियोग्राफर कविराज गहतराज हुन् ।
छबिराज ओझाको निर्माणमा आदित्य बिक्रम लम्सालले निर्देशन गरेको यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, कमलमणी नेपाल, ध्रुब कोईराला, अनुपम शर्मा, पवित्रा पोखरेल, अमित श्रेष्ठ, सागर लम्साल लगायतको अभिनय रहेको छ । फिल्मलाई मदन कास्यप घिमिरेले खिचेका हुन् ।
यसअघि यो फिल्मको 'एक्कासी दुक्कासी' बोलको गीत चर्चित भईसकेको छ । यो गीत पनि चर्चित होला त ? गीत हेरेर अनुमान लगाउनुस् ।

