अभिनेत्री करिष्मा मानन्धर र सुन्दरता पर्यावाची जस्तै लाग्छ । फिल्म उधोगकी सबैभन्दा सुन्दर अभिनेत्रीको परिचय बनाएकी करिष्मा यहि सुन्दरताको बिषयमा मज्जैले झुक्किएकी छिन् ।
.jpg)
नेपाल चलचित्र निर्देशक समाजले शुक्रबार राजधानीमा आयोजना गरेको एक अर्न्तक्रिया कार्यक्रममा कार्यक्रम सञ्चालक तथा समाजका महासचिव ऋषि लामिछानेले सभ्य, भव्य, राम्री र चर्चित नायिकालाई म आफ्नो भनाई राख्न आग्रह गर्दछु भनिरहँदा ड्यासमा बसिरहेकी अभिनेत्री करिष्मा मानन्धर उठ्नै मात्र के लागेकी थिईन् निर्देशक लामिछानेले नाम उच्चारण गरे, निशा अधिकारी ।
अभिनेत्री मानन्धरलाई सुन्दर आफू मात्रै छु भन्ने लागेछ कि क्या हो ? जुरूक्क उठ्नै लाग्दा निशाको नाम सुनेपछि करिष्मा एकछिन लाजले भुतुक्कै भईन् । आडमा रहेका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती तर्फ पुलुक्क हेरिन् र पुन: लाजले गाला रातो बनाईन् ।
केहि बेरमा ऋषिले पुन: बयान गर्दै उधोगकै राम्री भन्दा नायिका भन्न मात्र के लागेका थिए करिष्माले जिस्केको पारामा भनिन्, 'अब त उठ्दिन ।' 'नायिका ज्यू, निशालाई त राम्री मात्र भनेको, उधोगकी राम्री त तपाईं पो ! अब त उठ्नुस्,' यो क्रियाकलापलाई ध्यान पुर्याउने उपस्थित अतिथीको मनमा यहि कुरा खेलेको हुनुपर्छ ।

