फाइट मास्टर योगेन्द्र श्रेष्ठले गुपचुपमै फिल्मको छायाँकन सकाएका छन् । श्रेष्ठ निर्देशित 'टिम' (समूह) नामक फिल्म छायाँकन सकिएर पनि हाल पोष्ट प्रोडक्सनको क्रममा छ । जुन खबरलाई फिल्मीखबरले पहिलो पटक सार्वजनिक गर्दैछ ।
नेपाल आर्मी, सशस्त्र फौज, जनपथ प्रहरी र मिडियाको समुहबारे मुख्य कथा बनाइएको फिल्मलाई काठमाण्डौ र विरगञ्जमा छायाँकन गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए । 'चुनावले फिल्मलाई छाँयामा पार्ने देखिएकाले गुपचुपमै काम सकाएका हौं,' योगेन्द्रले भने- 'चुनाव सकिएपछि भव्य कार्यक्रम गरेरै प्रचारमा आउनेछौं ।'
सुवासराज काफ्लेको लगानी रहेको फिल्ममा आयुष रिजाल, हर्षिका श्रेष्ठ, सन्तोष पन्त लगायतका कलाकारको मुख्य अभिनय छ । सत्यस्वरुपको संगीत रहेको 'टिम'लाई सुशन प्रजापतीले खिचेका छन् । सबै उमेर समुहका दर्शकले फिल्म हेर्न मिल्ने निर्देशक श्रेष्ठले बताए ।

