Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसकारण अरूणिमा लम्साल अगाडी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/15

फिल्म बजारमा सुनिन्थ्यो, 'बिहे गरेपछि हिरोइनका दिन गए । बच्चा जन्माएपछि कस्ले फिल्म खेलाउँछ ?' तर अभिनेत्री अरूणिमा लम्सालको हकमा भने यो हल्ला गलत सावित भए जस्तो देखिन्छ ।

 

छोरी जन्मिएको दुई महिनामै आफु अभिनित फिल्म 'के यो माया हो'को प्रेस मिटमा सहभागी भएर सबैलाई चकित पारेकी अरूणिमा पछिल्लो समय फिल्ममा समेत व्यस्त हुन थालेकी छिन् । दुई वर्षको छोरीलाई हुर्काउँदै गरेकी अरूणिमाले 'पीपल' नामक फिल्ममा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी छिन् । जुन फिल्म प्रदर्शनको पर्खाइमा छ ।

 

त्यस्तै मंसिर १४ गते प्रदर्शन हुने फिल्म 'उर्वशी'मा पनि अरूणिमाले अतिथि कलाकार भएर काम गरेकी छिन् । छोरी जन्माएपछि पनि शरीरलाई स्लिम बनाउन सफल अरूणिमा टेलिफिल्मको रिमेक 'जनैको साँचो'मा पनि व्यस्त हुँदैछिन् । 'जनैको साँचो'मा उनको पनि मुख्य अभिनय रहेनछ ।

 

टेलिभिजन विज्ञापनमा समेत व्यस्त हुँदै गरेकी अरूणिमा आफ्नो व्यस्तता बारे भन्छिन्- 'मेरो शुभचिन्तक र परिवारको सहयोगले गर्दा म अभिनयमा सक्रिय हुन सकें । पहिलो कुरा त मैंले आफ्नो शरीरलाई पनि म्यानेज गर्न सफल भएँ ।' अरूणिमाका समकालिन अभिनेत्री संचिता लुइँटेल र ऋचा घिमिरे विहे पश्चात अभिनयमा फर्किन सकेका छैनन् ।

 

दुई सन्तानको आमा भएपछि संचिता अभिनेत्री पूजना स्त्रीले निर्माण गर्ने 'चकलेट' फिल्मबाट कम ब्याक गर्ने चर्चा छ । ऋचा घिमिरे हाल होम प्रोडक्सनको फिल्म प्रिमियर गर्ने भन्दै परिवार सहित विदेश घुम्नमा व्यस्त छिन् । अरूणिमा भने छोटो समयमै फिल्ममा फर्कन सफल भइन् । त्यसैले, अन्य मम्मी हिरोइन भन्दा अरूणिमा एक कदम अगाडी !