Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`उर्वशी`मा निता `वोल्ड एण्ड व्युटी`

फिल्मीखबर, काठमाण्डौ, 2013/11/15

मंसिर १४ गते देशव्यापी प्रदर्शन हुने फिल्म 'उर्वशी'मा गाला रातै गर्ल निता ढुङ्गानालाई दर्शकले वोल्ड एण्ड व्युटी क्यारेक्टरमा देख्न सक्नेछन् । 'उर्वशी'को टाइटल क्यारेक्टरमा देखिएकी निताले यसअघिका फिल्ममा भन्दा फरक भुमिकामा रहेको बताइन् ।

 

 

'छ एकान छ'की सोलो हिरोइन निताले भनिन्- 'उर्वशीमा मलाई दर्शकले वोल्ड एण्ड व्युटीको भूमिकामा देख्न सक्नुहुनेछ ।' फिल्ममा निताको स्वभाव हक्की छ रे ! निताले 'उर्वशी'को आफ्नो भूमिकालाई दर्शकले औधी रुचाउने समेत अपेक्षा व्यत्त गरिन् । मृगौलाको पत्थरीलाई औषधी र पानीले कम गरेकी निता भन्छिन्- 'संविधान सभाको चुनाव पछिको माहोललाई उर्वशीले तताउने अपेक्षा गरेको छु ।'

 

मनिष पन्थ निर्देशित फिल्ममा निता ढुङ्गानाको साथमा अभिनेत्री अरूणिमा लम्साल अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन् । फिल्मका मुख्य हिरो किशोर खतिवडा हुन् । फिल्ममा खगेन्द्र पुनको लगानी छ । निताको अपेक्षा जस्तै 'उर्वशी'ले चुनाव पछिको माहोललाई तताउला ?