Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

`सौर्य` अफिसियल प्रोमो : यस्तो छ सौगातको स्वरूप

फिल्मीखबर, काठमाण्डौ, 2013/11/14

ऐतिहासिक घटनाक्रमलाई लिएर वर्तमान परिवेशमा आधारित रहेर निर्माण गरिएको सुपर हिरोको कथा बोकेको फिल्म 'सौर्य' रिलिज हुन ढिलाई भएपनि प्रतिक्षित बनेको छ । सञ्चारमाध्यममा चर्चा पाईरहेको यो फिल्म यहि मंसिर २८ गते सार्वजनिक हुँदैछ ।

 

हाकिम इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म 'सौर्य'मा 'लुट' फिल्मबाट चम्केका अभिनेता सौगात मल्ल मुख्य भुमिकामा छन् । यस्तै फिल्ममा अनुप बिक्रम शाहीले पनि मुख्य भुमिका निर्वाह गरेका छन् । मार्कन्ड्य दीपविम बस्नेतले निर्देशन गरेको यस फिल्ममा अभिनेता राजेश हमाल बिशेष भुमिकामा छन् ।

 

रामेश्वर कार्कीको छायाँकन रहेको यस फिल्मलाई चन्दन दत्त र विशाल कोईरालाले सम्पादन गरेका हुन् भने द्धन्दनिर्देशन शंकर महर्जन, संगीत सिकफोर बिट्सको रहेको छ । फिल्मका लेखक सुवास सिंह बस्न्यात हुन् ।