Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

देशका प्रमुख ६ शहरमा `छ एकान छ साँझ` गरिने

फिल्मीखबर, काठमाण्डौ, 2013/11/14

नेपाली फिल्म मेकर्सलाई आरोप छ, नेपाली फिल्मकर्मी फिल्मको प्रोमोशन गर्न जान्दैनन् । प्रोमोशन गर्नेले पनि नयाँ उपाय निकाल्दैनन् । यो आरोपलाई पुस २६ गते रिलिज हुने 'छ एकान छ'ले पखाल्न खोजेको छ ।

 

निर्माण युनिटले 'छ एकान छ'को प्रोमोशन राम्रैसँग गर्ने छाँटकाँट देखाएको छ । फिल्मका निर्माता तथा मुख्य कलाकार दिपकराज गिरीले 'छ एकान छ'को प्रचार देशव्यापी फरक ढङ्गले हुने जानकारी दिएका छन् । फिल्मको रिलिज पूर्व देशका प्रमुख ६ शहरमा 'छ एकान छ साँझ' गरिने दिपकले जानकारी दिए । दिपकले दिएको जानकारी अनुसार पोखरा, नारायणघाट, हेटौडा, धरान, दमक र वुटवलमा 'छ एकान छ साँझ' गरिनेछ । जहाँ फिल्मका ६ जना मुख्य कलाकारमध्ये प्रत्येक शहरमा एकजना पुग्नेछन् ।

 

साँझको ६ बजे सुरु हुने 'छ एकान छ साँझ'मा कलाकारले दर्शकसँग अन्र्तक्रिया गर्नेछन् । 'छ एकान छ' फिल्मसँग सम्बन्धित रहेर प्रश्न उत्तरको कार्यक्रम पनि हुने दिपक बताउँछन् । भन्छन्- 'प्रश्न उत्तरमा सहभागी मध्ये सही जवाफ दिनेलाई 'छ एकान छ' लेखिएको टिसर्ट दिइनेछ ।' फिल्म प्रोमोशनको लागी फरक काइदा रहेको जानकारी दिदैं दिपक भन्छन्- 'नियमित दर्शकसँगै नेपाली फिल्म नहेर्नेलाई पनि हलसम्म ल्याउने हाम्रो उद्धेश्य हो ।'

 

तीतो सत्यका दिपक सहित जिरे खुर्सानीका शिवहरी पौडेल, जितु नेपाल, मेरी बास्सैका केदार शर्मा (माग्ने बुढा) र सिताराम कट्टेल (धुर्मुस) र सन्दिप क्षेत्रीले 'छ एकान छ'मा मुख्य भूमिका निभाएका छन् । फिल्मको लगानी निर्मल शर्मा गैंडाको छ । दिपाश्री निर्रौला फिल्मकी सहायक निर्देशक हुन् । निता ढुङ्गाना सोलो अभिनेत्री रहेको फिल्ममा दिनेश डिसीको निर्देशन छ । फिल्मको टाइटल गीतमा हाँस्य कलाकार हरिवंश आचार्यले समेत स्वर दिएका छन् ।