Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

जनैको साँचो मुर्हत : दिलिप र भुपेन बन्दैछन् दाजुभाइ

फिल्मीखबर, काठमाण्डौ, 2013/11/14

टेलिफिल्मको रिमेक फिल्म 'जनैको साँचो'मा अभिनेता दिलिप रायमाझी र भूपेन चन्द दाजुभाईको भूमिकामा प्रस्तुत हुने भएका छन् । अभिनेत्री अरूणिमा लम्साल र सरिता गिरी दिलिप र भूपेनको अपोजिटमा प्रस्तुत हुनेछन् ।

 

 

टेलिफिल्मकै निर्देशक अनिल पाण्डेले 'जनैको साँचो'लाई निर्देशन गर्दैछन् । फिल्मले पारिवारिक सम्बन्धमा आउने आरोह र अवरोहका घटनालाई मुख्य विषय बनाएको छ । बिहान तीनकुनेस्थित वृद्धाश्रम केन्द्रमा फिल्म जनैको साँचाको मूर्हत गरियो । वृद्धवृद्धालाई खाना खुवाउँदै निर्देशक अनिल पाण्डेले कलाकारलाई मूहर्त सट दिन लगाए ।

 

वृद्धाश्रममा कलाकार हरिहर शर्मा, दिलिप रायमाझी, अरूणिमा लम्साल, भूपेन चन्द लगायत सहभागी थिए । जगतराज थलाको लगानी रहेको फिल्म मंसिर ७ गतेबाट फ्लोरमा जाँदैछ । राजधानी भित्रैका स्थानमा सुटिङ हुने फिल्मलाई ३५ दिनभित्र प्याकअप गर्ने लक्ष्य राखिएको छ ।