Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

बन्दमा करिश्माको पशुपती दर्शन, रेखा लेख्दैछिन् लेख

फिल्मीखबर, काठमाण्डौ, 2013/11/12

मोहन बैद्य किरण नेतृत्वको दलले गरेको आमहड्ताल तथा बन्दले एक्सन कट्, मेला महोत्सव र डविङ्मा व्यस्त हुने कलाकारलाई पनि राम्रैसँग प्रभावित तुल्याइदियो । फिल्मीखबरसँग गफिने कलाकारले कार्तिक २५ गतेको आमहड्तामा घरमै बसेको सुनाए । आमहड्तालको दोस्रो दिन भने कलाकारहरुले कार हाँक्ने साहस जुटाएका छन् ।

 

अभिनेत्री करिश्मा मानन्धर गोदवावरी निवासबाट मध्यान्नमा पशुपतीसम्म पुगिन् । करिश्मा भन्छिन्- 'पशुपतीको दर्शन गर्न मन लाग्यो । बन्द नै भएपनि आफैंले कार चलाएर पशुपती आएँ ।' बन्दमा गाडी हाँस्न सक्ने करिष्माको शाहसलाई मान्नै पर्छ ।

 

अभिनेत्री रेखा थापाले बन्दको प्रयोग मज्जैले गरिन् । एमाओवादीको मेची महाकाली चुनावी अभियानमा सहभागी भएर यसै साता राजधानी फर्किएकी अभिनेत्री रेखा थापाले बन्दको उपयोग गर्दै लेख लेख्न भ्याइन् । गौरीघाटको अम्वे अपार्टमेन्टमा आमासँग रहेकी रेखाले महिला तथा धार्मिक विषय माथि कलम चलाएको बताइन् । 'बन्दमा बाहिर हिड्नु भन्दा अपार्टमेन्टमै बसेर कलम चलाउन उचित लाग्यो', काली रेखाले भनिन्- 'फुर्सदमा कहिलेकाहीं लेख्न मन लाग्छ ।'

 

त्यस्तै कलाकार दिपकराज गिरी पनि आमहड्तालको पूरै दिन घर भित्रै रहे । यातायात बन्दको दिन तीतो सत्य सुटिङका लागी बानेश्वर आइपुगेका दिपक भन्छन्- 'जुनसुकै दलले बन्द गरेपनि एकदिन चाहिं मेरो समर्थन रहन्छ । त्यही भएर हिजो गाडी हाँकिन ।' दिपकको जोडी दिपाश्री निर्रौला पनि आमहड्तालको दिन वानेश्वर हाइटको घरमै बसिन् । बन्दको बिरोधी दिपा भन्छिन्- 'म कुनै पनि दलले गर्ने बन्दको पक्षपाती हैन ।'

 

'नाइँ नभन्नु ल २' का ट्रिपल क्यारेक्टर सिताराम कट्टेल (धुर्मुस) पनि आमहड्ताको पुरै दिन खुमलटार निवासमा रहे । यातायात बन्दको दिन मेरी बास्सैको स्क्रिप्ट लेख्न व्यस्त सिताराम भन्छन्- 'बन्द गर्न पाउनु लोकतान्त्रिक पद्धतीको परिपाटी हो । तर, जनतालाई पुग्ने असर बारे राजनीतिक दलले विचार पुर्याउनु पर्छ ।'

 

मोक्ष हिरोइन वेनिशा हमाल भने आमहड्तालको दिन पनि ५ बजेपछि शहर घुम्न निस्किइन् । बन्दको दोस्रो दिन पूरै फिल्म हेरेर विताउने वेनिशाले सुनाइन् । वेनिशा भन्छिन्- 'साँझ परेपछि आज पनि शहर घुम्न निस्कन्छु ।'

 

मधुमास हिरोइन पूजा शर्मा पनि आमहड्तालको पूरै दिन जावलाखेल निवासमा रहिन् । कार्तिक २५ गते फिल्म हेरेर बिताएकी पूजा भन्छिन्- 'गाडी चल्न थालेपछि शहर घुम्न निस्कंदैछु ।'