Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

किन भने कलाकारले काँग्रेसी हैनौं ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/12

गत शनिबार कलाकारको जम्वो टोली नेपाली काङ्ग्रेसका सभापती सुशिल कोइराला निवासमा पुग्यो । जहाँ कलाकारको लागी विशेष चियापान कार्यक्रम राखिएको थियो । सोही चियापान कार्यक्रममा करिब एक सयजना भन्दा बढी कलाकार नेपाली काङ्ग्रेसमा प्रवेश गरेको घोषणा समेत गरियो ।

 

काङ्ग्रेस प्रवेश गर्नेमा अभिनेत्री झरना थापादेखि मेलिना मानन्धरसम्म थिए । मेलिना पति मुकेश ढकाल सहित चियापान कार्यक्रममा सहभागी थिइन् । काङ्ग्रेस प्रवेश गर्नेको लिस्टमा अभिनेता जीवन लुइँटेल, आयुष रिजाल, निर्देशक रमेश बुढाथोकीको नाम उल्लेख थियो । तर, यी तीनैले आफु काङ्ग्रेसमा प्रवेश नगरेको जिकिर गर्दै आएका छन् । जबकी जीवन र निर्देशक बुढाथोकी सभापती कोइराला निवासको चिया कार्यक्रम सहभागी थिए ।

 

जीवनसँगै आयुष रिजाल पनि कलेज पढ्दादेखि नै भातृ संगठन नेविसंघमा आवद्ध भएर काङ्ग्रेसी राजनीति गर्दै आएका हुन् । स्रोत भन्छ- 'चियापान कार्यक्रममा सहभागी भएका सहित प्रवेशीको सुचिमा नाम भएका सबै कलाकार काङ्ग्रेस पार्टीमा आवद्ध छन् ।' तरपनि जीवन, आयुष र रमेशले किन हामी काङ्ग्रेसी हैनौं भने ? स्रोतको भनाइ छ- 'उहाँहरु कलाकार भएको नाताले एउटा मात्रै पार्टीको भन्न गाह्रो भएको हुनुपर्छ ।'

 

अभिनेता आयुष रिजालले एमाओवादीले निर्माण गरेको 'जलजला' फिल्ममा अभिनय गर्नुको साथै चुनावी गीतमा समेत कम्मर मर्काएका छन् । फिल्ममा काम गर्न पाउँदिन भन्ने डरले यि फिल्मकर्मीले पार्टीको झण्डा मुनि नबसेको धारणा दिएका हुन् या साँच्चिकै पार्टीको झण्डा नबोक्ने मनसाय बोकेका हुन् ? एकदिन पक्कै पोल खुल्नेछ ।