दोस्रो संविधान सभाको निर्वाचनमा कलाकार भुवन केसी, रेखा थापा र रोज राणा प्रत्यक्ष चुनावको टिकट पाउन पार्टी केन्द्रमा दौडधुप समेत गरे । तर, दौडधुम खेर गयो । रोजलाई नेपाली काङ्ग्रेसले पत्याएन । एमाले कार्यकता भुवनको विपक्षमा देखिए । मतदाता नामावलीमा नाम नभेट्टिएपछि रेखाले हातमा आएको टिकट पार्टीलाई फिर्ता दिइन् ।

उद्धव पौडेल
रेखा र रोज आगामी संविधान सभा भवनमा हुने छैनन् । भुवन एमालेका समानुपातिक उम्मेरदवार हुन् । मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनमा निर्माताद्धय उद्धव पौडेल र रमेशजंग रायमाझी प्रत्यक्षतर्फ उठेका छन् । गोपिकृष्ण मुभिजका संस्थापक समेत रहेका पौडेललाई कमल थापाको राप्रपाले काठमाडौं क्षेत्र नम्वर ४ बाट उठाएको छ । पौडेललाई गाई चिन्ह्मा भोट हाल्न अनुरोध गर्दै दिनहुँ जसो दर्जन कलाकार घरदैलोमा लर्को लाग्ने गरेका छन् ।
तर, पौडेल आगामी संविधान सभाको भवनमा देखिने सम्भावना भने निकै न्यून देखिएको छ । निर्माता पौडेल उठेको काठमाडौं क्षेत्र नम्वर ४ मा नेपाली काङ्ग्रेसका नेता गगन थापा र गत संविधान सभाका विजयी गगनका वागी सुप्रभा घिमिरे उठेका छन् । एमाओवादीका नन्दकिशोर पुनको पनि क्षेत्र नम्वर ४ मा बलियो पकड देखिएको छ ।

रमेशजंग रायमाझी
त्यस्तै नेपाली काङ्ग्रेसबाट मोरङ क्षेत्र नम्वर ८ बाट निर्वाचन लड्न लागेका निर्माता रमेशजंग रायमाझी पनि संविधान सभा भवनमा पुग्नका लागि मरिमेटेर लागेका छन् । गत संविधान सभामा एमाओवादीका उम्मेरदवार विजयी भएको क्षेत्रमा रमेशको जित्ने सम्भावना छ त ? मतदाताले कसलाई विश्वास गरेर भोट खसाल्छन् ? मंसीर ४ पछि नै थाहा हुनेछ ।
मंसीर ४ को निर्वाचनमा निर्देशकद्धय दिपक श्रेष्ठ र हिमग्याम टासीलाई एमाओवादीले समानुपातिको सुचिमा राखेको छ । गत संविधान सभाको चुनावमा फोरम पार्टीबाट प्रत्यक्ष उठेकी गायिका नलिना चित्रकार विजयी हुन सकिनन् । आगामी संविधान सभाको चुनावमा फिल्म क्षेत्रको प्रतिधित्व गर्ने उम्मेरदवार विजयी हुन् हाम्रो शुभकामना !

