Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

सौर्य प्रेसमिट | `म इतिहासको `रिफ्रेन्स` : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2013/11/10

आउँदो मंसिर २८ गते रिलिज हुन लागेको फिल्म 'सौर्य'को फस्टलुक पोस्टर तथा प्रोमो र गीत सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक जमघटका विच अभिनेता राजेश हमाल, सौगात मल्ल र अनुप विक्रम शाहीले संयुक्त रूपमा फस्टलुक र प्रोमो रिलिज गरे ।
 

'सौर्य'का अतिथी कलाकार अभिनेता राजेश हमालले फिल्ममा आफू इतिहासको 'रिफ्रेन्स'को रूपमा प्रस्तुत भएको बताए । ऐतिहासिक घटनाक्रमलाई लिएर वर्तमान परिवेशमा आधारित रहेर निर्माण गरिएको यस फिल्ममा हमाललाई दर्शकले भिन्न गेटअपमा देख्न सक्नेछन् ।

 

'मलाई यो गेटअप निकै मन परेको थियो,' हमालले भने- 'पुरै फिल्म नै यहि गेटअपमा भएको भए अझ राम्रो हुन्थ्यो जस्तो लगेको छ ।' यस्तै गेटअपमा फेरि पनि काम गर्ने इच्छा रहेको हमालले बताए ।

 

अभिनेता राजेश हमाल र सौगात मल्ल

 

फिल्ममा सुपर हिरोको भुमिकामा प्रस्तुत भएका सौगात मल्लले कथा मन परेकाले फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेको बताए । 'मैले निर्वाह गरेको पात्र निकै 'इन्ट्रेस्टिङ' छ,' सौगातले भने- 'दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछु भन्ने मेरो विश्वास पनि छ ।' यस्तै अर्का अभिनेता अनुप बिक्रम शाहीले पनि फिल्म राम्रो बनेको बताए ।

 

निर्देशक मार्कण्डे दिपविम बस्नेत

 

फिल्मका निर्देशक मार्कन्ड्य दीपविम बस्नेतले फिल्म पूर्ण रूपमा मनोरञ्जनात्मक रहेको बताए । उनले भने- 'दर्शकलाई मिठो खुराक दिने कोशिस गरेको छु ।' यस्तै निर्माता सुरेन्द्र गुरूङ 'हाकिम'ले पुरानो पाटोमा नयाँ स्वाद भएको फिल्म 'सौर्य' रहेको धारणा राखे । लेखक सुवास सिंह बस्न्यातले प्रोटागोनिस्ट र एन्टागोनिस्टको पावरफूल कथालाई फिल्मको मुख्य केन्द्रविन्दू बनाएको बताए ।

 

निर्माता सुरेन्द्र गुरूङ 'हाकिम'

 

'सौर्य'को प्रेसमिटमा बायाँबाट क्रमश : राजेश हमाल, सौगात मल्ल, अनुपविक्रम शाही, रवि बस्नेत र सुरेन्द्र गुरूङ

 

हाकिम इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा राजेश, सौगात र अनुपविक्रमको साथमा हेमा श्रेष्ठ, रवि बस्नेत, शुशिल पोखरेल, रबिन्द्र खड्का लगायतको अभिनय हेर्न सकिन्छ । रामेश्वर कार्कीको छायाँकन रहेको यस फिल्मलाई चन्दन दत्त र विशाल कोईरालाले सम्पादन गरेका हुन् भने द्धन्दनिर्देशन शंकर महर्जनको रहेको छ । तीन वटा गीत रहेको यस फिल्ममा संगीत सिकफोर बिट्सको रहेको छ ।