Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`राघव`को फस्टलुक (पोस्टर र भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/11/10

अभिनेता राजबल्लभ कोईरालाले पहिलो पटक निर्माण गरेको फिल्म 'राघव'को फस्टलुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ । राघव नामक क्यारेक्टरको इमोश्नल जर्नीलाई कथाबस्तु बनाईएको 'राघव'मा नयाँ अनुहारद्धय शिबिर पोखरेल र अस्मिता ढकाललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ ।

 


 

राजबल्लभकोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टाकिज नेपालको प्रोडक्सनमा निर्माण गरिएको रोमान्टिक ड्रामा शैलीको यो फिल्मलाई अमेरिकामा नै बस्दै आएका भुपेन्द्र भट्टराईले निर्देशन गरेका हुन् । अमेरिकामा नै बस्दै आएका भुपेन्द्र भट्टराईले निर्देशन गरेका हुन् ।
 

 

निर्देशक भुपेन्द्रकै लेखन रहेको राघवमा संजीब सिंह, मानव सुवेदी र दि माया ब्याण्डको संगीत रहेको छ । ९० प्रतिशत अमेरिका र बाँकी नेपालमा सुटिङ गरिएको यस फिल्मलाई सिर्जन गंगोल र भुपेन्द्र भट्टराईले खिचेका हुन् । फिल्मको पोस्टर आनन्द महर्जनले तयार पारेका हुन् ।