Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

छविकी हिरोइन भन्छिन्- `मेरो शब्दकोषमा `कम्प्रमाईज` भन्ने शब्द छैन`

फिल्मीखबर, काठमाण्डौ, 2013/11/08

निर्माता छवि ओझाले हिरो फिल्म मार्फत रेखा थापालाई रजतपटमा भित्र्याए । छविले बिहे समेत गरेकी रेखा थापा नम्वर एक अभिनेत्री बनिन् । सुपरहिट 'काली' फिल्मकी अभिनेत्री काली रेखालाई माथ दिने नायिका को आए ? अहिले पनि रजतपटमा रेखाकै भाउ रहेको विश्लेषण छ ।

 

फिल्म क्षेत्रमा सफल भएपनि रेखा छविको वैवाहिक सम्बन्ध भने असफल बन्न पुग्यो । गत वर्ष मात्रै रेखा छविले पति पत्नीको सम्बन्धलाई विश्राम दिए । वैवाहिक सम्बन्धमा पूर्णविराम लागेसँगै छवि क्याम्पबाट रेखा आउट भइन् । छविले आफ्नै फिल्म निर्माण कम्पनीबाट 'लोफर' निर्माण गरे रेखाले 'काली' । 'काली'मा रेखा आफैं हिरो बनिन्, छविले 'लोफर'मा नयाँ हिरोइनलाई व्रेक दिए ।

 

मंसिर २१ गतेबाट देशका करिब एक सय वटा पर्दामा प्रदर्शन हुन गइरहेको फिल्म 'लोफर'बाट रजनी केसी रजपटमा आफ्नो भाग्य चम्काउने तरखरमा छिन् । फार्मेसीमा ब्याचलर गरेकी रजनी 'लोफर' रिलिजलाई लिएर निकै उत्साहित छिन् । भैंसीपाटीस्थित परिवारसँग बस्दै आएकी रजनी भन्छिन्- 'फिल्मसँगै दर्शकले मेरो भूमिकालाई मन पराउनेमा ढुक्क छु । आफ्नो भूमिकालाई न्याय गर्ने कोशिस गरेको छु ।'

 

 

फिल्म सुटिङ हुनु पूर्व निर्देशक आदित्य विक्रम लम्साल र कलाकार दयाह्याङ राईसँग अभिनयको कक्षा लिएकी रजनी फिल्म क्षेत्रका खराब ट्रेन्डबारे पनि सजग देखिइन् । रजनी भन्छिन्- 'फिल्ममा भल्गारिटी बढी नै भयो भन्ने लाग्छ ।' पछिल्लो समय फिल्म बजारमा देखिए जस्तै भल्गर फिल्म हेर्न दर्शक हलमा नजाने रजनीले बताइन् । उनले भनिन्- 'फिल्म सभ्य हुनुपर्छ । लोफर सभ्य फिल्म बनेको छ । सबैलाई हेर्न अनुरोध गर्दछु ।'

 

रजनीले फिल्म खेल्न निर्माता निर्देशकसँग `कम्प्रमाईज` गर्नुपर्छ भन्ने हल्लालाई सिधैं नकारिन् । रजनी भन्छिन्- 'कम्प्रमाईज भन्ने मेरो शब्दकोषमै छैन ।' उनी थप्छिन्- 'लोफर कम्प्रमाईज  गरेर खेलेको हैन । अन्य फिल्ममा यस्तो प्रस्ताव आए मेरो उत्तर नो  हुन्छ ।'