नेपाली काङ्ग्रेसले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै गोपिकृष्ण मुभिजको टिभी फिल्मी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

काङ्ग्रेसको संविधान सभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन टोलीले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भेटेर आचारसंहिता उल्लंघन कार्य रोक्न शुक्रबार ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा टिभी फिल्मी र एबिसी टेलिभिजनको नाम निर्वाचन आचारसंहिता उल्लंघन गर्नेको सुचिमा छ ।
टिभी फिल्मीले राप्रपा र एबिसीले एमाओवादीको चुनाव अभियान निरञ्तर प्रसारण गरेको काङ्ग्रेसले उजुरीमा उल्लेख गरेको छ । टिभी फिल्मीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको चुनावी प्रचार प्रसार अभियानको निरन्तर प्रसारण गरेको तर्फ काङ्ग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो । गोपिकृष्णका संस्थापक तथा निर्माता उद्धव पौडेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौ क्षेत्र नम्वर ४ बाट प्रत्यक्ष तर्फको टिकट उपलब्ध गराएको छ ।

