Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

क्रिसमसमा पुग्यो नेप्टा अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2013/11/07

नोभेम्बर २३ तारिखका दिन मलेसियामा हुने भनिएको छैठौं नेफ्टा अवार्ड सरेर डिसेम्बर २५ अर्थात क्रिसमस डेका दिन पुगेको छ । मलेसियामा अवार्डको संयोजन गर्न लागेको सुवास इन्टरटेन्मेन्टका प्रमुख सुवास गिरीले नयाँ मितिको पुष्टी गरेका हुन् ।

 

समयमा सबै कलाकार र प्राबिधिकको पासपोर्ट कलेक्सन नभएपछि कलाकार भिसा लगाउन समस्या भएकाले र केहि अन्य प्राबिधिक गडबडीका कारण अवार्ड मिति सार्नु परेको गिरीले बताए । यता चलचित्र प्राबिधिक संघका अध्यक्ष मनोज केसीले आफूहरू पूर्ण रूपमा तयार हुन नसकेकाले अवार्ड मिति सारेको बताए ।

 

'सरकारी विदा परेकाले दर्शकको उपस्थिती उल्लेख्य हुने र चाडपर्वको समयमा दर्शकहरूलाई नयाँ स्वाद दिन पाईने भएकाले क्रिसमस डे रोजिएको हो,' सुवासले भने- 'शुरूको मितिमा दर्शकको उपस्थिती पनि कम हुने देखिएको थियो । हामी पनि पूर्ण तयार हुन सकेका थिएनौ ।'

 

मलेसियाको पुत्रजया स्थित पुत्रजया अर्न्तराष्ट्रिय सम्मेलन केन्द्रमा नेपालका झण्डै डेढ सय फिल्मकर्मी, मलेसियाका सरकारीइ निकायका प्रमुखहरू, कलाकारहरू सहित हजारौं दर्शकका माझ नेफ्टा अवार्ड बाँडिने छ । उक्त समारोहमा एक दर्जन भन्दा बढि चर्चित कलाकारले आफ्नो आकर्षक प्रस्तुती समेत पस्कने छन् ।