अभिनेत्री निता ढुङ्गानाको एउटा मृगौलामा पत्थरी देखिएको छ । एक साता सम्म औषधी प्रयोग गर्दा पनि कम नभएपछि अप्रेसन गरेर पत्थरलाई हटाउनु पर्ने सल्लाह डाक्टरले दिएको निताले फिल्मीखबरलाई बताइन् ।
गाला रातै गर्लले आफ्नो पत्थरीको पिडा सुनाइन्- 'निकै पेट दुखे पछि मेडिकेयर हस्पिटलमा चेक गराउन जाँदा पत्थरी देखियो । पत्थरी ठुलो नै रहेको डाक्टरले बताउनु भएको छ । औषधीसँगै प्रशस्त पानी पिएर पत्थरी हटाउने प्रयास गर्दैछु ।'
निता पछिल्लो समय व्यस्त अभिनेत्रीमा पर्न आउँछिन् । 'नोटवुक' फिल्मबाट चर्चामा आएकी निताले तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकारको मुख्य अभिनय रहेको फिल्म 'छ एकान छ'मा अभिनय गरेपछि मौनता श्रेष्ठको 'डन गिरी'मा काम गरिन् ।
फिल्मसँगै म्यूजिक भिडियो र विज्ञापनमा पनि निताको व्यस्तता बढ्दै गएको छ । स्वास्थ्य स्थिति ठिक भएपछि अन्य फिल्ममा व्यस्त हुने निताले बताईन् । नितालाई शिघ्र स्वास्थ्य लाभको कामना !

