Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुनावी माहोलमा नेपाली फिल्मलाई कठिन !

फिल्मीखबर, काठमाण्डौ, 2013/11/07

व्यापारमा धक्का पुग्ने देखिएपछि दोस्रो संविधान सभाको चुनाव मंसिर ४ पूर्व नेपाली फिल्म रिलिज गर्न निर्माताहरु रोकिएका छन् । मंसिर ४ अघि निर्वाचन विरोधी दलहरुले गर्ने बिभिन्न बन्द र हड्तालका कार्यक्रमले हलै नखुल्ने अवस्था सृजना हुने भएपछि निर्माताहरु फिल्म रिलिज गर्नबाट पछि हटेका हुन् ।

 

चुनाव हुने दुई साता अगावै देशका विभिन्न भागमा भएको बन्दले फिल्म हलहरु बन्द हुन थालेका छन् भने खुला हलमा पनि नेपाली फिल्म हेर्ने दर्शकको संख्या न्यून देखिएको छ । हाल देशका पर्दामा क्रतिक रोशनको 'कृष ३' सँगै रेखा थापाको 'काली', 'विन्दास २' र 'मधुमास' जस्ता फिल्म प्रदर्शनरत छन् ।

 

चुनावी माहोलको असर हलमा देखिएर नै यो हप्ता रिलिज हुने भनिएको फिल्म 'सकिन भुल्न तिमीलाई' पनि रिलिज हुने या नहुने दोसाँधमा छ । चुनाव अघि रिलिज हुने फिल्महरु तय भैसकेका छैनन् । निर्माता समेत रहेका वितरक नरेन्द्र महर्जनले सम्भवतः चुनाव पूर्व फिल्म रिलिज नहुने संकेत गरे । चुनावको केही साता पछि पनि फिल्मको लागी सहज वातावरण भने नबन्ने संकेछ छ ।