Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

लोफरले फर्काउला आर्यनको स्टारडम ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/07

किस्मत डेव्यु अभिनेता आर्यन सिग्देल अभिनित पछिल्ला फिल्महरुले सफलताको स्वाद चाख्न पाइरहेका छैनन् । आर्यन अभिनित महसुश र मधुमासले उत्साहको व्यापार गर्न सकेनन् । यी फिल्मबाट निर्माता लगानी सुरक्षित सफल भएनन् ।

 

प्रदर्शन पूर्व राम्रै चर्चामा रहेका यी फिल्मबाट आर्यनले क्रेडिट समेत लिन पाएनन् । महसुशको क्रेडिट केकी अधिकारी र मधुमासको क्रेडिट मनोज आरसीले लिए । आर्यन अभिनित फिल्म दबाब पनि असफल रह्यो । मंसीर २१ को रिलिज लोफरबाट भने आर्यन सिग्देललाई केही राहत मिल्ने अपेक्षा गरिएको छ । जुन फिल्मलाई रजतपटका सफल निर्माता छविराज ओझाले निर्माण गरेका हुन् ।

 

तर, छविको फिल्मलाई चुनाव पछिको परिस्थिति नै मुख्य चुनौती हुने देखिएको छ । अभिनेता आर्यन सिग्देल लोफरमा दवंग स्टाइलमा देखिएका छन् । आर्यनसँगै दयाह्याङ राई, सुशिलराज पाण्डे, कमलमणी नेपाल, रजनी केसी लगायतका कलाकारलाई लोफरमा देख्न सकिन्छ । फिल्मका निर्देशक आदित्य विक्रम लम्साल हुन् ।

 

लोफरमा चन्द्र पन्तको फाइट डिरेक्सन र मदन कास्यप घिमिरेको छायाँकन छ । सिङ्गलबाट मल्टीप्लेक्स स्क्रिनमा जम्प भएका छवि र पछिल्लो समय लक नलागेका आर्यनको लागी लोफर व्यापारिक रुपमा सफल हुनु आवश्यक छ ।