मंसिर १४ गते रिलिज हुन लागेको फिल्म 'उर्वशी'को गीत सार्वजनिक गरिएको छ । लामो समयपछि पर्दामा झुल्किन लागेकी अभिनेत्री अरूणिमा लम्साललाई अभिनेता किशोर खतिवडाले सिउँदो सजाउने भावना गीत मार्फत व्यक्त गरेका छन् ।

बिरेन्द्र अग्रहरीको शब्द तथा संगीतमा राजेश पायल राई र रजिना रिमालको स्वर रहेको सो गीतको करियोग्राफी बब्बु थापाले गरेका हुन् । मनिष पन्थको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई खगेश्वर पुनले निर्माण गरेका हुन् । फिल्ममा निता ढुंगाना, किशोर श्रेष्ठ, मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट,लगायतको अभिनय रहेको छ ।

