Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर शाह औपचारिक रूपमा काँग्रेस

फिल्मीखबर, काठमाण्डौ, 2013/11/06

अभिनय शिरोमणीको उपाधी पाएका बरिष्ठ अभिनेता निर शाह आज (बुधबार)बाट औपचारिक रूपमा काँग्रेस भएका छन् । काँगेस सभापती शुशिल कोईरालाको निवासमा एक औपचारिक कार्यक्रमका बिच शाहले पार्टीको सदस्यता लिएका हुन् ।


डेढ महिना अगाडी काँगेसमा प्रवेश गरेको भएपनि आजबाट औपचारिक रूपमै सदस्यता लिएको शाहले फिल्मीखबरलाई जानकारी दिए । यसअघि एमाओवादी पार्टीको सदस्यता लिएको हल्ला चलेपनि आफू बैचारिक रूपमा मात्र एमाओवादी पार्टीमा आवद्ध रहेको शाहको भनाई छ । राम्रा नीति र विचार भए पार्टी नहेरी सहमती जनाउने बताउँदै शाहले स्पष्ट रूपमा भने काँग्रेस पार्टीका लागि डटेर लाग्ने बताए ।

 

फिल्म क्षेत्रसँग नटुट्ने सम्बन्ध रहेको भन्दै शाहले कलाकारिता र फिल्म निर्माणसँगै राजनीतिमा पनि समय निकाल्ने बताए । आउँदै गरेको संविधानसभाको चुनावका लागि प्रचार प्रसारमा समय निकालेका शाहले भोलीका दिनमा मन्त्रीको पद सम्हाल्ने जिम्वेवारी आए स्विकार्ने बताए । 'चुनावमा लड्ने परिस्थिती आए लड्न तयार छु,' शाहले भने- 'तर कलाकारिताबाट टाढिन भने सक्दिन ।'