Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

कहाँ पुग्यो विकास वोर्डको राष्ट्रिय अवार्ड ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/06

धर्मेन्द्र मोरवैता पप्पु नेतृत्वको नेपाल चलचित्र विकास वोर्ड बाँड्ने भनेको राष्ट्रिय चलचित्र पुरस्कार एकादेशको कथा जस्तै भएको छ । राष्ट्रपतिको हातबाट बाँड्ने भनिएको पुरस्कार घोषणा गरेको महिनौं बित्दा पनि किन सम्पन्न हुन सकेन ? विकास वोर्डले केही दिनमै यसको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।

 

वोर्ड अध्यक्ष मोरवैताले सुरुमा राष्ट्रपतिको समय व्यवस्थापनले पुरस्कार रोकिएको बताउँदै आएपनि अहिले भने पुरस्कार कार्यक्रम हुन नसक्नुको कारण अर्कै रहेको रहस्य खुल्न आएको छ । स्रोतका अनुसार विकास वोर्ड अध्यक्षलाई अवार्ड नगर्न दवाव आइरहेको छ । अवार्ड नगर्न कस्को दवाव छ ? स्रोत भन्छ- 'यो विषयमा अहिले बोल्न मिल्दैन । दवावकै कारण अवार्ड भएन भने सबै सार्वजनिक गर्नेर्छौं ।'

 

विकास वोर्ड भन्दा पछि घोषणा गरेका दुई अवार्ड सम्पन्न भैसकेका छन् । एनफडिसी राष्ट्रिय चलचित्र अवार्ड र फिल्मीखबर डि सिने अवार्ड विकास वोर्डको भन्दा पछि घोषणा गरिएका अवार्ड थिए, जुन सम्पन्न भैसकेका छन् । फिल्मीखबर डट कमले पनि पनि बर्षको शुरूवातमा नै अवार्ड गरिसकेको छ । बोर्डको भने तीन बर्ष देखि अवार्ड हुन सकिरहेको छैन ।



तिहार लगत्तै गर्ने भनिएको ६ औं नेफ्टा अवार्ड पनि केही समयको लागि रोकिएको छ । भिषा समस्याले गर्दा अवार्ड अनिश्चित कालका लागि रोकिएको बताईएको छ ।