Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

टलक जंग भर्सेस टुल्के : सुटिङ प्याकअप, शिवरात्रीमा रिलिजको तयारी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/06

लुट निर्देशकको दोस्रो प्रोजेक्ट 'टलकजंग भर्सेस टुल्के'को छायाँकन सकिएको छ । निर्देशक निश्चल बस्नेको फिल्मलाई काठमाडौं र पोखराको हेम्जाकोट गाउँमा छायाँकन गरिएको छ ।

 

प्रोडक्सन कन्ट्रोलर प्रदीप आचार्यका अनुसार ३५ दिनको तालिका अनुसार नै फिल्मको सुटिङ सकिएको हो । डार्क कमेडी फिल्मको यही साताबाट अश्लेशा इन्टरटेनमेन्टमा पोष्टप्रोडक्सनको कार्य सुरु हुनेछ । शुशांक मैनाली, ऋचा शर्मा, दयाह्याङ राई, खगेन्द्र लामिछाने, रविन्द्र वाँनिया लगाएतको अभिनय रहेको फिल्मलाई शिवरात्रीमा प्रदर्शन गर्ने बुझिएको छ ।

 

'टलकजंग भर्सेस टुल्के'मा सौगात मल्ल बाहेक प्रायः लुटका कलाकार दोहोरिएका छन् । निश्चलको पहिलो फिल्म लुट ब्लकबस्टर भएको थियो । यसमा खगेन्द्र लामिछानेको पटकथा छ । निर्देशक बस्नेतकै ब्ल्याक हर्स कम्पनीको प्रस्तुती रहेको फिल्मका निर्माता रविन्द्र वाँनिया हुन् । निर्देशक निश्चल बस्नेतको दोस्रो प्रोजेक्ट 'टलक जंग भर्सेस टुल्के'लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।