Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तिहारका फिल्मले कस्तो गरे व्यापार ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/06

दशैंमा प्रदर्शनको काली जस्तो तिहारका विन्दास २ र मधुमासले वम्परको व्यापार गर्न सकेनन् । यद्पी यी फिल्मको व्यापार निराशको भने नरहेको वितरक हलवाला एवं निर्माताले रिपोर्ट दिएका छन् ।

 

वितरक, निर्माता एवं हलवाला नरेन्द्र महर्जन भन्छन्- 'दशैंमा जस्तो तिहारमा फिल्म चलेनन् । तर, व्यापार निराशको भने छैन । हलमा फिल्म हेर्न आउने दर्शकको संख्या उल्लेख्य छ ।' नेपाली फिल्मको व्यापारमा ऋतिक रोशनको कृष ३ बाधक बन्यो । कृषले नेपालबाट एक करोड माथिको व्यापार गरिरहंदा नेपाली फिल्मलाई भने ४० लाखको लगानी रिकभर गर्न धौ-धौ भएको छ ।

 

मोफसल वितरक विक्रम पराजुलीले विन्दास २ को व्यापार निराशको नरहको बताए । उनले तिहारको ३ दिन फिल्मले उत्साहको व्यापार गरेको समेत जनाए । राजु गिरी निर्देशित फिल्मले लगानी रिकभर गर्न अड्कल गरिएको छ । फिल्ममा जीवन लुइटेल, सुष्मा कार्की लगायतको अभिनय छ ।

 

यता मधुमासका निर्माता बाबुराम दाहालले नेपाल रिलिजबाट फिल्मको लगानी रिकभर हुने आशा व्यक्त गरेका छन् । फिल्मले सोचे अनुरुपको व्यापार गर्न नसकेपनि तिहारमा उत्साहको व्यापार गरेको जानकारी दिदैं निर्माता दाहालले ओभरसिजको व्यापार नाफामा काउन्ट हुने बताए ।