विगत लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका डिपी शाह चक्रवर्ती मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका छन् । आज आईतवार बिजुलीको पोलमा ठोक्किएर घाईते भएका हुन् ।

देब्रे खुट्टा र दायाँ हात भाँचिएको र टाउकोमा गम्भिर चोट लागेको अवस्थामा रहेका शाहको मध्यान्न पाटन अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । अवस्था गम्भिर भएकाले हाल उनलाई महाराजगंज स्थित शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा भर्ना गरिएको छ ।
पत्रकार शाह हाल पर्यावरण चक्र एफएम र मधुरस नामक पत्रिकामा काम गर्दै आएका छन् । उनी चलचित्र पत्रकार संघको संस्थापक उपाध्यक्ष हुन् ।

