Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.86/5.00)
Text size:-
+
-

अभिनेत्रीले यसरी गरे लक्ष्मीपूजा (तस्विरहरू हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/11/03

आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धाभक्तिपूर्वक लक्ष्मीपूजा गरिदैंछ । घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।

 

लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । त्यसैले फिल्मका अभिनेत्रीहरुले धनकी देवी लक्ष्मीको पूजा आराधना गरेका छन् । अभिनेत्री करिश्मा मानान्धरले गोदावरी निवासमा लक्ष्मीको पूजा गरिन् । पति विनोद मानान्धर र सहयोगी ऋतु रानाको साथमा करिश्माले घरमा लक्ष्मी भित्र्याएकी हुन् ।

 

 

अभिनेत्री रेखा थापाले गौरीघाटस्थित अम्वे अर्पाटमेन्टमा लक्ष्मीको पूजा गरिन् । भाइटिका लगाउन रेखा गोबर्द्धन पूजाको दिन गृह जिल्ला मोरङ जाँदैछिन् । टिकाकै दिन राजधानी फर्किएर रेखाले निर्देशक कमलकृष्ण लगायतका दाजु भाईलाई टिका लगाउनेछिन् । अभिनेत्री नन्दिता केसीले पनि बस्दै आएको नयाँ वानेश्वर निवासमा लक्ष्मीको पूजा गरेकी छिन् । नन्दिताले भाइटिका काठमाडौंमै लगाउँदैछिन् ।

 

 

 

मेघा फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठले पनि धनकी देवी लक्ष्मीको पूजा आरधना गरेकी छिन् । अनामनगर घर र लाजिम्पाटको एटिक रेष्टुरेन्टमा नम्रताले लक्ष्मीको पूजा गरिन् । बितेका पल अभिनेत्री केकी अधिकारीले जोरपाटीस्थित घरमा लक्ष्मीको पूजा गरिन् । अभिनेत्री अशिष्मा नकर्मीले अनामनगर स्थित आफ्नै निवासमा बिधिपूर्वक लक्ष्मीको पूजा गरिन् । अशिष्माले भाइ टिका भने लगाउने गरेकी छैनन् ।

 



 

गृह जिल्ला चितवन भएकी अभिनेत्री विनिता बरालले पनि बस्दै आएको लाजिम्पाट निवासमा लक्ष्मीको पूजा गरेकी छिन् । दाई देश बाहिर रहेकाले घर नगएको विनिताले बताइन् । उनले मोडल भाइ दिक्पाल कार्कीलाई भाइटिका लगाउने छिन् ।

 

 

अभिनेत्री रिमा विश्वकर्माले पनि वानेश्वर निवासमा लक्ष्मीको पूजा गरिन् । रिमाको परिवार केही वर्षदेखि काठमाडौंमा बस्दै आइरहेको छ । यस्तै टलक जग भर्सेज टुल्के फिल्ममा व्यस्त अभिनेत्री ऋचा शर्माले पनि घरमा दिपावली गरेकी छिन् । यि बाहेक पनि अधिकांश अभिनेत्रीहरूले घरमा लक्ष्मीपूजा गरेका छन् । धनकी देवी लक्ष्मीले सबैको रक्षा गरुन् हाम्रो शुभकमना !