Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.82/5.00)
Text size:-
+
-

जन्मदिन प्रसङ्ग : सुरभीले आँखा दान गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/10/31

सयम डेव्यु अभिनेत्री सुरभी जैन विष्टले आफ्नो मृत्यु पर्यन्त आँखा दान गर्ने निर्णय गरेकी छिन् । जन्मदिनको अवसर पार्दै सुरभीले गौशला स्थित तिलगंगा आँखा अस्पतालमा पुगेर ईच्छा पत्रमा हस्ताक्षर गर्दै आँखा दान गर्ने निर्णय गरेकी हुन् ।

 

'मृत्युको २४ घण्टा भित्र मेरो आँखालाई अस्पतालले आँखाको ज्योती गुमेकालाई दान गर्नेछ', सुरभीले सुनाइन्- 'सानो हुदैं ऐश्वर्य रायले आफ्नो आँखा दान गरेको सुनेको थिएँ । ऐश्वर्य रायबाटै प्रभावित भएर आँखा दान गर्ने निर्णय गरेकी हुँ ।'

 

कार्तिक १४ गते सुरभीको जन्मदिन हो । २४ वर्षमा टेकेकी सुरभी भन्छिन्- 'जन्मदिनमा केक काट्ने र जमघट हुने कुनै योजना छैन ।' उनले टेकुस्थित परिवारमा रमाइलो गर्ने बताइन् ।

 

यूकेबाट कर्मसमा ब्याचलर गरेकी सुरभी पछिल्लो समय विज्ञापन तथा म्यूजिक भिडियोमा व्यस्त छिन् । 'नागवेली' फिल्म रिलिजको पर्खाईमा रहेकी सुरभीले तिहार पछि फिल्ममा व्यस्त हुने बताइन् । जन्मदिनलाई अवसर पारेर आँखा दान गरेकी सुरभीको फिल्मी करिअर सफल रहोस हाम्रो शुभकामना !