चुरोट तानेको, वाइन पिएको र वोल्ड दृश्यलाई कारण देखाउँदै चलचित्र जाँच पास समितिले अभिनेत्री शुभेच्छा थापाले निर्माण गरेको फिल्म 'मिस नेपाल'लाई पिजी प्रमाणपत्र प्रदान गरेको छ ।
.jpg)
अभिनेत्री तथा निर्मात्री थापाले पिजी प्रमाणपत्र दिइएता पनि सेन्सर सदस्यले कुनै पनि दृश्य माथि कैंची भने नचलाएको जानकारी दिइन् । हलमा निगरानी राखिने हो भने मोडलिङमा संघर्षरत युवतीको कथालाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले फिल्म हेर्न अभिभावको साथ चाहिनेछ । तर, नेपालमा फिल्मलाई दिइने सेन्सर पत्रको खासै कार्यान्वयन भएको पाइदैंन ।
शुभेच्छाले फिल्म नेपाली मोडलिङ क्षेत्रको परिवेशमा आधारित भएर निर्माण गरिएको बताएकी छिन् । फिल्ममा शुभेच्छा थापासँगै क्षितिजा शाक्य, सुरज सिजापती, सविन श्रेष्ठ, रश्मी भट्ट लगायतको मुख्य अभिनय छ । सुरेन्द्र तुलाधर निर्देशित यस फिल्मलाई पुसको अन्त्यतिर रिलिज गर्ने तयारी भैरहेको शुभेच्छाले जानकारी दिएकी छिन् ।

