Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एमाओवादीको चुनावी गीतमा यसरी नाचे कलाकार : निर्देशकले पाएनन् पारिश्रमिक

फिल्मीखबर, काठमाण्डौ, 2013/10/31

एमाओवादीले चुनावी प्रचारमा प्रयोग गर्ने भोजपुरी भाषाको गीत तयार भएको छ । जहाँ कमरेड रेखा थापा र आयुष रिजालले हँसिया हतौडामा भोट हालौं भन्ने अपिल गरेका छन् ।

 

 

यसअघि कुनै पनि म्यूजिक भिडियोमा नदेखिएकी रेखा पार्टीको आग्रहलाई स्विकार गर्दै भोजपुरी भाषाको एमाओवादीको चुनावी गीतमा कम्मर मर्काएकी हुन् । उदित नारायण झा र कल्पनाद्धारा स्वरवद्ध चुनावी गीतमा रेखा र आयुषसँगै उमा वेवी, मुकेश ढकाल लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका छन् । सार्वजनिक गरिएको भिडियोमा राजेन्द्र साहनीको शब्दमा शिखर सन्तोषको संगीत छ । गीतको भिडियोलाई कमल राईले नृत्य निर्देशन गरेका छन् ।

 

निर्देशक राईले एमाओवादीको चुनावी म्यूजिक भिडियो निर्देशन गरे वापत आफुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । एक जम्काभेटमा निर्देशक राईले भने- 'काम गरियो तर पैसा पाएको छैन ।' तराईको भित्री मधेसमा गीतको छायाँकन गर्दा निकै कठिन भएको समेत उनले सुनाए । गाह्रो भएकै कारण ७ मध्ये ३ वटा मात्रै गीतको छायाँकन गरिएको समेत उनले जानकारी दिए ।